Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

रुखका हाँगाहरु भाँचिएका कारण प्रसारण लाइन अवरुद्ध भै हिजो बत्ति गयो :हितेन्द्रदेव

Reporter

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार साँझको बत्ती नेपालभित्रकै प्रसारण क्षेत्रमा सिस्टम ट्रिप भएको भएको बताएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै शाक्यले ढल्केबरबाट भारत र पश्चिमतर्फको दुवै लाइनमा एकै पटक रुखको हाँगा भाँचिएर अवरुद्ध हुँदा बिजुली गएको बताएका छन् ।

‘हिजो साँझ ६ बजेर ३५ मिनेटमा स्थानीय स्तरमा एकदमै चक्रवातजस्तो बलियो हुरीले ढल्केबरबाट पश्चिमतिर, भारततिर दुवैतिरका सर्किट ट्रिप हुने गरी रुखका हाँगाहरु भाँचिएर प्रसारण लाइनलाई अवरुद्ध गरेका कारण हिजो राति बिजुली अवरुद्ध भएको हो ।’, शाक्यले भने, ‘पछि हामीले भारतसँग समन्वय गरेर बिजुली बाल्यौँ ।’

त्यस्तै उनले त्यसलाई प्राविधिक गडबडीको रूपमा लिएको बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसममा बारम्बार आइरहने समस्याका कारण विद्युतको प्रसारण लाइनमा समेत अवरुद्ध गरेका कारण बिजुली बारम्बार गइरहेको बताए । उनले भने । ‘यो प्राविधिक गडबडी हो । जलवायु परिवर्तनका कारणले मौसमको गडबडीका कारण यो समस्या आएको हो ।’

त्यस्तै उनले पटक पटक विभिन्न कारणले बिजुली गइरहँदा लोडसेडिङ सुरु भएको भनेर भ्रम छरिएको र सो अवस्था नआएको बताए । उनले भने, ‘यो कुनै लोडसेडिङ हैन । बत्ती आउने जाने हुँदा इन्भर्टर, ब्याट्री किन्नुपर्ने अवस्था आयो भन्ने हल्ला गरिएको छ । यो भ्रम हो । यो विश्वास नगर्नुस् ।’
कार्यकारी निर्देशक शाक्यले आफूहरूले त्यस्ता समस्या समाधान गर्न र आगामी दिनमा नदोहोरियोस् भन्न प्रयासरत रहेको बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको