काठमाडौं- पुस २२ ।
पेज थ्री को आयोजनामा फेस अफ मारवाडी किड्स, २०१९ सौन्दर्य प्रतियोगिताको फाईनल यहि पुस २८ गत्ते काठमाडौंको बालुवाटारस्थित अलाइस रेसिप्सनमा सम्पन्न हुने भएको छ ।
पेज थ्री को आयोजनमा फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिस्टरको अपार सफलता पश्चात अब फेस अफ मारवाडी किडसको आयोजना गरेको आयोजक संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले जनाईन ।
मोदीका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो ।
मारवाडी समुदायका बाल बालिका्हरुलाई नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा ग्रुप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६ का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार ग्रुप बनाएर विगत एक महिनादेखि प्रशिक्षण प्रदान गरिएको थियो ।
सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफ, युबलुम टिमको ब्यवस्थापन रहेको प्रतियोगितामा ग्रुप ‘ए’ को तर्फबाट विजेताले मिनि मिस्टर फेस अफ मारवाडी र मिनि मिस फेस अफ मारवाडी को ताज संगै नगद रु. २०,०००/- पुरस्कार त्यसैगरी ग्रुप ‘बी’ को विजेताले ‘लिटिल मिस फेस अफ मारवाडीको ताज पहिरिनुको साथै नगद रु. २५,०००/- पुरस्कार स्वरुप प्राप्त गर्नेछन ।
त्यस्तै ग्रुप ‘सी’को विजेताले ‘लिटिल मिस्टर फेस अफ मारवाडीको उपाधी संगै नगद रु. २५,०००/- पुरस्कार प्राप्त गर्दा ग्रुप ‘डी’ को बिजेताले ‘प्रिन्सेस फेस अफ मारवाडीको ताज पहिरिदै नगद रु. ३०,०००/- पुरस्कार प्राप्त गर्नुको साथै सम्पुर्ण विजेताहरुले अन्य विभिन्न गिफ्ट ह्यम्परहरु समेत प्राप्त गर्ने आयोजक मोदीले जनाएकि छिन ।