Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

प्राधिकरण विद्युतीय सवारी साधनको प्रवद्र्धनमा : हितेन्द्रदेव शाक्य

Reporter

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन्।

शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताए।

उनले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि अहिले सात सयभन्दा बढि चार्जिङ स्टेशनहरु रहेको भन्दै त्यसलाई प्राधिकरणले ११ केबीको मध्यम भोल्टेज विद्युत दिएर प्रवद्र्धन गरिरहेका बताए।

उनले भने, ‘हामी विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजी रहेका छौ। नेपालमा धेरै विद्युतीय सवारी साधनहरु छन् तर अझै पनि यातायात व्यवस्था प्रर्याप्त छैन्। त्यसकारण हामीले देशभर चार्ज गर्ने स्थान बढाउनुपर्छ। पहिला हामीसँग ६२ वटा चार्जिङ स्टेशनहरु थिएभने अहिले नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको हुनाले सात सयभन्दा बढि स्टेशनहरु छन्। प्राधिकरणबाट ती चार्जिङ स्टेशनहरुमा ११ केबीको मध्यम भोल्टेज विद्युत जान्छ। यसरी विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गरिरहेका छौ।’

यस्तै, उनले नेपालमा सडकमा गुड्ने ठूला ट्रक र बसहरु सबै पेट्रोलबाट चल्ने हुनाले सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्ने प्रक्रिया र नियमन आवश्यक भएको पनि बताए।

उनले भने, ‘विद्युतीय सवारी साधनको कुरा आएको छ। अहिले नयाँ विद्युतिय सवारी साधन भित्राउने योजनामा छौ तर यो काम गर्दैगर्दा रोडमा गुड्ने ट्रक र ठूला बसहरु सबै पेट्रोलबाट चल्ने साधन हुन्। यी सबैलाई विद्युतीय सवारी साधनमा परिणत गर्नुपर्छ भनेर प्रयास गरिरहेका छौ। तर यसमा धेरै चुनौतीहरु छन्। हामीले यो विगत २० वर्षदेखि गर्न खोजिरहेका छौं। तर विद्युतीय सवारी साधनमा परिणत गर्ने र यसलाई नियमन गर्ने काम गर्न सकिरहेका छैनौ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको