Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

Reporter

अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसंख्या विद्युतबिहीन बनेको छ।

केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १४ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन् ।

केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।

मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन्। क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ। सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको