Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा

‘बलेको बत्तिमुनि बसेर बिजुली गयो भन्ने न्यारेटिभ बनाईँदैछ: प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाल

Reporter

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्र शाक्यलाई सुझाव दिएका छन् । उनले अहिले बलेको बत्तिमुनि बसेर पोष्ट लेख्दै बिजुली गयो भनेर न्यारेटिभ बनाईएको बताएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
श्री हितेन्द्र शाक्यजी ! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पु¥याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ ।
तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ’बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।
अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन। त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्। कर्ममा अडिग रहनुहोस्, तर ’कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको