Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु

Reporter

केही दिन अघि गाजामा भीषण हवाई आक्रमण सुरु गरेको इजरायलले आइतबार रातिदेखि जमिन आक्रमण सुरु गरेको छ। रातभरको आक्रमणमा १५१ जनाको ज्यान गएको जनाइएको छ। त्यहाँ अस्पताल पनि बन्द भएको जनाइएको छ।

गाजामा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय निकाय सक्रिय रहेको समयमा यो आक्रमण भएको हो। शनिबार हमास र इजरायली अधिकारी बिच दोहामा अप्रत्यक्ष वार्ता सुरु भइसकेको छ।

आइतबार इजरायलले हमासले आत्मसमर्पण गर्नुपर्ने कुरा राखेको थियो। हमास यस विषयमा सहमत हुनसक्ने सम्भावना देखिएको छैन। यस अघि नै हमासले ६० दिनको युद्ध विराम तथा तीन जना प्यालेस्टाइनीलाई इजरायली जेलबाट छाड्ने शर्तमा ७ देखि ९ जना बन्दी रिहाइमा सहमत भएको समाचार प्रकाशमा आएको थियो।

त्यसको केही घण्टापछि नै हमासका वरिष्ठ नेता अबु जहारीले त्यस हल्लामा कुनै सत्यता नभएको जनाएका थिए। शुक्रबार इजरायलले शुक्रबार गरेको गाइडियोन्स चारिटियोसको नामको अपरेसनले हमासलाई वार्तामा ल्याउनका लागि दबाब हुने जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको