कान्स फिल्म फेस्टिभल- २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी भएको छ। ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो।
कान्स फिल्म फेस्टिभल २०२५ को अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही सहभागी भए। साथै कान्स मार्केटमा ‘एक्लो’का निर्माताहरू रितेश राना, संगीता श्रेष्ठ, भाइराजा थापा, राजु गुरुङ, उत्सव विष्ट पनि सहभागी थिए। फिल्मकी कोपरेटिभ डिरेक्टर रिश्ता कार्की बजारीकरण प्रमुखको रुपमा सहभागी भएका छन्।
स्टलमा नेपालको झण्डा समेत राखिएको थियो। निर्देशक प्रदीप शाही स्वयम प्रोड्युर्स नेटवर्कमा सहभागी छन्।
लोकप्रिय समाचार

