Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

‘सरी केपी ओली’ भ्रष्ट सिस्टमलाई सहयोग गर्न सक्दिन:मेयर बालेन

Reporter

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रश्नको जवाफ लिँदै आफू भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने जानकारी गराएका छन् ।

उनले फेसबुकमा स्टाटस लेखेका छन्, ‘सरी केपी ओली’ म भ्रष्ट सिस्टमलाई सहयोग गर्न सक्दिन, जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’

सोमबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेका थिए । शाहले त्यसको जवाफ दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको