Logo
05 Oct 2024    १९ आश्विन २०८१, शनिबार

ताजा खबर

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो) नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै मिङ्मा जीले राखे किर्तिमान बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण प्राधिकरणले गर्‍यो काठमाडौंसहित यी १४ जिल्लालाई ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा प्रहरी निरीक्षक बिनु शाही निलम्बित सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

कक्षा ३ पास गरे प्रतिविद्यार्थी ३६ हजार भत्ता

admin

पर्वत- पुस २२ ।

कक्षा ३ सम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामाग्रीबाहेक विद्यार्थीलाई भत्ता समेत वितरण गर्न थालेको छ ।

कुश्मा नगरपालिका–१ पाङको मालढुंगामा संचालित श्रमिक प्राथमिक विद्यालयले कक्षा तीन उत्तीर्ण गरी ४ मा भर्ना भएका विद्यार्थीलाई भत्ता दिन थालेको हो ।

प्रधानाध्यापक तेजेन्द्रप्रसाद आचार्यको पहलमा गत बर्षदेखि प्रतिविद्यार्थी बार्षिक ३६ हजार ४ सय रुपैंयाँ भत्ता दिन थालिएको हो ।

यसबर्ष ५ विद्यार्थीले भत्ता पाइसकेका छन् । कक्षा ३ पास गरेका आक्रोश माझी, सीता माझी, निर्मा माझी, कृष्ण माझी र अञ्जना माझीले गत आसोजमा पहिलो किस्ताबापत १८ हजार ६ सयका दरले भत्ता बुझेका हुन् । भत्ता पाउन थालेयता बालबालिका विद्यालयमा नियमित छन् ।
कान्तिपुर दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको