Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

राजु पाण्डेलाई साेधियाे स्पष्टीकरण, जिम्मेवारीबाट हटाउने चेतावनी

Reporter

काठमाडौं महानगरपालिकामा उपमेयर सुनिता डंगोल र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेबीचको विवाद चुलिएको छ। उपमेयर डंगोलले पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतमार्फत ७ बुँदे स्पष्टीकरण सोध्दै प्रशासनिक निर्देशनको अवज्ञा गरेको आरोप लगाएकी छन्।

चैत २९ मा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यालयमा पुनःहाजिरी गर्ने प्रयास थियो। गुरागाईं उपमेयरको नेतृत्वमा कार्यालय आउँदा नगर प्रहरीको अवरोधका कारण प्रवेश गर्न नसकेको भन्दै पाण्डेप्रति असन्तुष्टि व्यक्त गरिएको हो।

स्पष्टीकरण पत्रमा कार्यालयको ताला नखोल्नु, हाजिरी पुस्तिका कब्जा गर्नु, सवारीसाधनमा ह्वील लक लगाउनु, जनप्रतिनिधिहरूसँग अमर्यादित व्यवहार गर्नुजस्ता आरोप छन्। डंगोलले पाण्डेले कर्मचारी आचरणविपरीत गैरकानुनी कार्य गरेको भन्दै नगर प्रहरी ऐन २०८० अनुसार स्पष्टीकरण माग गरेकी हुन्।

७ दिनभित्र चित्तबुझ्दो जवाफ नआएमा पाण्डेलाई नगर प्रहरी जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको