Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार

Reporter

काठमाडौं ।  राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा शाहि सचिव पदको बलियो उम्मेदवार राष्ट्रिय युवा संघ नेपाल आगामी १० औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटिरहेको बेला सचिव पदका लागि अजय जंग शाही बलियो उम्मेदवारका रूपमा उभिएका छन्।

संगठनमा लामो समयदेखि सक्रिय शाहीले विभिन्न तह र जिम्मेवारीमा अनुभव सँगाल्दै आएको छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट राजनीतिमा सक्रिय शाहीले कोषाध्यक्ष, क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र (१ क) का इन्चार्ज हुँदै हालसम्म केन्द्रीय श्रम तथा रोजगार विभाग सदस्य, केन्द्रीय सदस्य, सचिवालय सदस्य, काठमाडौं जिल्ला सह-इन्चार्ज, जिल्ला इन्चार्ज, तथा स्थायी कमिटी सदस्यको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

उनले पूर्व अध्यक्ष महेश बस्नेत, निरु देवी पाल, राजिव पहारी, रमेश पौडेल, बचन बहादुर सिंह, किरण पौडेल र क्षितिज थेबे जस्ता नेताहरूसँग नजिकबाट काम गर्ने अवसर पाएका छन्, जसले उनलाई संगठनभित्र कुशल व्यवस्थापक तथा नेतृत्वकर्ताको रूपमा चिनाएको छ। उनको लामो संगठनात्मक अनुभव, कार्यकुशलता र युवाबीचको लोकप्रियता हेर्दा सचिव पदमा शाहीले बलियो प्रतिस्पर्धा गर्ने निश्चित देखिन्छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको