Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा

Reporter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ ।

केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको छ ।

केन्द्रीय कार्यालय टंगालबाट पुगेका अख्तियारका अधिकारीहरूले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो ।

छापा मार्ने क्रममा अख्तियारको टोलीले विमानस्थल अध्यागमनका केही कर्मचारीलाई पनि पक्राउ गरेकोछ।

अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल अध्यागमनबाट फिर्ता भएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी अख्तियारले अन्य ८ जना कर्मचारीलाई पनि हिरासतमा लिएको स्रोतले उल्लेख गरेको छ ।

अख्तियार स्रोतका अनुसार भट्टराई विमानस्थल अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा जानेहरूबाट अनधिकृत रूपमा करोडौँ रुपैयाँ उठाएको सूचना आएको थियो ।

उक्त सूचनापछि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापा हानेर कागजपत्र र कम्प्युटर जफत गरिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको