Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने

Reporter

आगामी मनसुन याममा नेपालले जलवायु परिवर्तनको गहिरो प्रभाव महसुस गर्नसक्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार सार्वजनिक गरेको मनसुन प्रक्षेपणअनुसार देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ, तर योसँगै अधिकतम् र न्यूनतम् तापक्रम पनि बढ्ने देखिएको छ।

विभागका मौसमविद् डेबिड ढकालका अनुसार सामान्यतः जुन १३ मा पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर अक्टोबर २ मा पश्चिमबाट बाहिरिन्छ। तर, यस वर्षको प्रारम्भिक आकलनले कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रहरूमा ५५–६५ प्रतिशतसम्म बढी वर्षा हुने देखाएको छ।

यसैगरी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रहरूमा पनि ३५–५५ प्रतिशतसम्म बढी वर्षा हुने सम्भावना रहेको छ।

तर वर्षा मात्र होइन, गर्मीसमेत औसतभन्दा बढ्ने प्रक्षेपण गरिएको छ। अधिकतम तापक्रम ५५–६५ प्रतिशतसम्म बढी रहने सम्भावना कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बागमतीका केहि क्षेत्रमा देखिएको छ। यसले विशेष गरी कृषि, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा चुनौती सिर्जना गर्न सक्ने विज्ञहरूको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो मनसुनका लागि विशेष ‘पूर्वतयारी तथा प्रतिकार्य’ कार्ययोजना तयार पारेको जनाएको छ। नेपालमा हरेक वर्ष हुने कुल वर्षामध्ये ८० प्रतिशत जेठ १८ देखि असोज १४ भित्र पर्ने हुँदा राज्य संयन्त्रहरू सतर्क रहनुपर्ने चेतावनी पनि दिइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको