Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही

Reporter

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर कानुनविपरीत नियुक्त गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै शाहीले समिति बनाएरै छानबिन गर्नुपर्ने बताए ।

उनले नवनियुक्त गभर्नर विश्वनाथ पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए । “राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन नहुने व्यवस्था छ, गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान समेत छैन,” उनले भने, “उनको पढाइ कृषि अर्थशास्त्रमा रहेको छ । संसदीय समिति नै बनाएर छानबिन गरौँ । उहाँ चुनाव हारेको मान्छे हो ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको