Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

चार संसदीय समितिको बैठक बस्दै

Reporter

संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार आज सिंहदरबारमा अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा  आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुनेछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)  र नेपाल उद्योग परिसंघ (सिएनआई)बीच छलफल हुनेछ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११बजे बस्दै छ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ ।यस्तै,  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे र  संभीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्य योजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची  छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको