इलाम । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ औं स्थापना दिवसको अवसर पारी ७ चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन र चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा इलामको श्रीअन्तुमा भएको चलचित्र पत्रकारहरुको राष्ट्रिय भेलामा उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
भेलामा पत्रकार ध्रुब लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२, विष्णु सुवेदीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, नरेन्द्र बस्नेत (कोशी)लाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुलीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ प्रदान गरियो ।
रजत सम्मान प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५५ हजार ५ सय ५५, पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारलाई जनही नगद ५१ हजार छ ।
त्यस्तै पत्रकार रश्मी थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार९२०८२ र तुलसी प्रसाद निरौला ९कोशी० लाई राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार९२०८२ प्रदान गरियो ।
प्रोत्साहन पुरस्कार र मोफसल पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।
सम्मानित तथा पुरस्कृतलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार बसुन्धरा भूसाल, नायक शिब श्रेष्ठ, कलाकार गौरी मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्दशक समाजका अध्यक्ष जनकदीप पराजुली, संघका पूर्व अध्यक्ष विदुर गिरी, शान्तिप्रिय,दिनेश सिटौला र संघका वर्तमान अध्यक्ष समीर बलामीलगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
भेलामा सिनेमा पर्यटन महोत्सव कार्यशाला मिडिया मन्थन सिनेमा संवाद र अन्तरक्रिया गरिएको र आज बृहत चलचित्र पत्रकारिता कार्यशाला र सिनेमा संवाद गरिने संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए ।

