Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

खाना बनाउँदा तेल भनेर डिजेल हाल्दा आगलागी, २ जना घाइते

Reporter

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित देवान बाबुको घरमा बुधबार साँझ खाना पकाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका छन्।

वीरगन्जकी १३ वर्षीया असिया खातुन र भारत मोतिहारीकी २५ वर्षीया अफ्रिदा खातुन घाइते भएका हुन्।

मासु पकाउँदा तेल सम्झी डिजेल कराईमा हालिएपछि आगो सल्किएको हो।

आगलागीबाट असियाको अनुहार, हात, पिठ्यूँ र खुट्टा जलेको छ। घाइतेहरूलाई हेटौंडा अस्पताल पठाइएको छ। आगो केहीबेरमै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको