Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने चार जना काठमाडौंमा पक्राउ

Reporter

वैदेशिक रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये तार्केश्वर नगरपालिका–४ बस्ने तनहुँका विकास गुरुङले अजरबैजान पठाइदिन्छु भन्दै दुई जनाबाट ५ लाख रुपैयाँ ठगेका थिए। यस्तै, सिन्धुलीकी रन्जना अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख लिएकी थिइन्। ताप्लेजुङका यादव प्रसाद घिमिरेले पनि जापान पठाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए। कञ्चनपुरका लोकजन खड्काले थाइल्याण्ड पठाइदिन्छु भन्दै एक पीडितबाट ४ लाख ४० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।

पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा उजुरी दिएपछि प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा विकास गुरुङ र यादव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका–१२ बाट, रन्जना अधिकारीलाई महानगरपालिका–१ बाट र लोकजन खड्कालाई महानगरपालिका–३ बाट पक्राउ गरिएको हो।

पक्राउ परेका चारै जनालाई वैदेशिक रोजगार विभागमा बुझाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको