Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

तीनकुने घट्नाको सकियो अनुसन्धान , ६१ जना प्रतिवादी

Reporter

राजावादी समूहले तीनकुनेमा प्रदर्शन तथा जुलस गर्दा भएको लुटपाट र आगजनीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान करिब सकिएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।

बोहोराले भने, ‘अनुसन्धान सकियो, यसलाई अन्तिम रूप दिने त प्रहरीले आज साँझसम्म अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ ।  घटनामा ६१ जनालाई प्रतिवादी बनाउने तयारी छ ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुर लगाउने तय भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् ।

राजावादीहरूले चैत १५ पछि आउँदो जेठ १५ गते प्रदर्शनको तयारी गरिरहेका छन् । शान्तिपूर्ण प्रदर्शन भनेकोमा राजवादीको आन्दोलन हिंसात्मक बनेको थियो । चैत १५ गते राजावादीहरूले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई प्राथमिकतामा राखेर सरकारले अनुसन्धान गर्ने जनाएको छ ।  राजावादीहरूको त्यो प्रदर्शनबारे सत्तापक्ष र विपक्षीले विपरीत धारणा राखेका छन् ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको