Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

Reporter

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आज टिप्पणी गरेका छन्।

शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिरसमेत गरे। उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा समेत गरे।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजीराखेको थिएँ,’ उनले भने, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौं गइ सकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’

गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको