Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो ।

बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ ।

तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा पार्टीको सरोकार र चिन्ता रहेको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको