Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

ग्वार्को फ्लाईओभर जेठको अन्त्यसम्म सम्पन्न, असार १ गतेदेखि सञ्चालन हुने तयारी

Reporter

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आइतबार ग्वार्को फ्लाईओभरको स्थलगत अनुगमन गरेका छन्। अनुगमनको क्रममा मन्त्री दाहालले निर्माण कार्य अब अन्तिम चरणमा रहेको जानकारी दिँदै जेठको अन्त्यसम्ममा काम सकिने र असार १ गतेदेखि गाडी सञ्चालनमा ल्याउने तयारी रहेको बताए।

उनका अनुसार प्रारम्भिक चरणमा केही समस्या नदेखिए पनि पछि गएर प्रविधिगत कमजोरी देखिएपछि संरचना पुनः तलैदेखि बनाउनुपर्ने अवस्था आयो, जसका कारण समय ढिला भएको हो। “ढिलै भए पनि परिणाम सन्तोषजनक आएको छ,” मन्त्री दाहालले भने।

निर्माण कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाईओभरको कोटेश्वरतर्फको र्याम्पमा प्राइम कोट बिछ्याउने काम सुरु गरिसकेको छ भने सातदोबाटोतर्फ ग्राभेलको बेस कोर्सको काम भइरहेको छ। बिचको भागमा माटो भरेर बनाइएको संरचनामा कालोपत्रे कार्य जेठमै सकिनेछ।

ग्वार्को ओभरपासको निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७८ फागुन १२ मा दुई वर्षे म्यादसहित सम्झौता भएको भए पनि विभिन्न कारणले म्याद थप गर्दै हाल २०८१ पुस ८ सम्म कायम गरिएको छ।

त्यसैगरी, मन्त्री दाहालले प्राकृतिक विपद्को सम्भावनालाई ध्यानमा राख्दै मन्त्रालय पूर्ण तयारी अवस्थामा रहेको बताए। “प्रकृतिसँग सम्झौता गरेर अघि बढ्नुपर्छ,” उनले भने, “विपद् आइहालेमा तुरुन्तै सडक खुला राख्ने रणनीतिमा हामी छौं।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको