काठमाडौं : नेपाली फेसन क्षेत्रमा नवीनता र प्रतिस्पर्धात्मक ऊर्जा भर्ने उद्देश्यका साथ सुरु गरिएको ‘दि रेगाल रनवे नेपाल’ सिजन १ को पहिलो अडिसन चरण राजधानीको अनामनगरस्थित सिल्लौटो कटेजमा भव्य रूपमा सम्पन्न भयो।
बिहान ११ बजेदेखि सुरु भएको उक्त अडिसनमा देशभरबाट आएका ३० जना प्रतिस्पर्धीहरूले आफ्नो आत्मविश्वास, प्रस्तुति क्षमता र व्यक्तित्वलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगिताको प्रारम्भिक चरणमै देखिएको प्रतिभा र तयारीले कार्यक्रमको स्तरीयता प्रतिविम्बित गराएको थियो।
निर्णायक मण्डलमा नेपालका प्रतिष्ठित चारजना व्यक्तित्व — छुल्ठिमा डोल्मा गुरुङ, दिक्पाल कार्की, स्रज गाराच र सन्दीप भुजेल — सम्मिलित थिए। निर्णायकहरूले सोधेका जिज्ञासापूर्ण र बौद्धिक प्रश्नहरूले प्रतिस्पर्धीहरूको आत्मचिन्तन, दृष्टिकोण र संचार क्षमताको मूल्याङ्कन गर्न महत्त्वपूर्ण भूमिका खेले।
प्रतिस्पर्धीहरूको बहुआयामिक प्रस्तुति र आत्मविश्वासले निर्णायकहरूलाई चकित पार्नुका साथै आगामी चरणप्रति थप उत्सुकता जागृत गराएको छ। ‘दि रेगाल रनवे नेपाल’ ले नेपाली फेसनको वृत्तमा नयाँ युगको आरम्भ गर्ने संकेत गरेको छ।

