Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

पूर्वसभामुख महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी मृत भेटिइन्

Reporter

बाहलवाला सभामुख रहेका बेला बलात्कार प्रकरणमा पूर्पक्षका लागि थुनासम्म पठाउने तत्कालिन संसदकी कर्मचारी रोशनी शाही भक्तपुरमा मृत फेला परेको दाबी गरिएको छ।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको छ।

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो।

अन्ततः २०७६ फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिँदै रिहा गरेको थियो।

त्यसबेला अनेक विषयमा बयानबाजी गर्ने शाही मृत फेला परेको दाबी गरिएको छ। एउटा सुसाइड नोट पनि भेटिएको छ। प्रहरीले अहिले अनुसन्धान जारी राखेका कारण सुसाइड नोटमा के लेखिएको छ भन्ने खुलाइसकेको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको