न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन्।
उनले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यसैगरी, उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो।
लोकप्रिय समाचार

