Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

एस. के. ईन्टरटेनमेन्टको आयोजनामा “मिसेस ईन्डिजिनस नेपाल–२०१९” को अडिसन फाराम धमाधम वितरण हुदै

admin

mrs indegenous

काठमाडौं- पुस २२ ।
राजधानीमा एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को आयोजनामा “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

‘मिसेस तामाङ’ तथा ‘मिसेस गुरुङ’ जस्ता धेरै सौन्दर्य प्रतियोगिताहरु सफलतपूर्वक सम्पन्न गरे पश्चात एस. के. ईन्टरटेनमेन्टले “मिसेस ईन्डिजिनस नेपाल–२०१९ सिजन -१” को आयोजना गर्न लागेको छ ।

आयोजक संस्था एस. के. ईन्टरटेनमेन्ट की प्रबन्ध निर्देशक शान्ता तामाङका अनुसार विभिन्न जनजा्ति, भेषभुषा एवं संस्कृतिको समागम रहेको हाम्रो देश नेपालको जनजातिसंग सम्वन्धित संस्कृति, भेषभुषा तथा रहनसहन मध्य आदिवासी-जनजातिको कला, संस्कृति, भेषभुषा, रितिरिवाज एवं रहनसहनलाई सम्वन्धित बिवाहित महिला गृहिणी तथा व्याबसाहिक महिला दिदि- बहिनी मार्फत अन्य जाति समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गर्न लागिएकोले बताएकि छिन ।

यस सौन्दर्य प्रतियोगितामा बिभिन्न समुदाय तथा क्षेत्रका क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई लक्षित गर्दै उनीहरुको क्षमतालाइ अभिबृदी गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गर्न लागिएको छ । “मिसेस ईन्डिजिनस नेपाल–२०१९” प्रतियोगितामा भाग लिनको लागि २० देखि ४५ बर्ष उमेर समुहका तथा उचाई ४ फिट ९ ईन्च भएका बिवाहित महिला प्रतियोगीहरु हुनु पर्नेछ ।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई पच्चीस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको क्लास,आत्मविश्वास अभिवृद्धि गराउने क्लास, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

प्रतियोगिताको अडिसन फाराम एस. के. ईन्टरटेनमेन्ट प्रा. लि. को कार्यालय बालुवाटारबाट धमाधम भईरहेको आयोजक तामाङले बताईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको