Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

डिभोर्स गरेकी पूर्वपत्नीसहित तीन जनाको हत्या,कोइराला पक्राउ

Reporter

बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा डिभोर्स गरी अर्कैसँग बिहे गरेकी पूर्वपत्नीसहित तीन जनाको सामूहिक हत्या प्रकरणमा सुजन कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।

मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल, उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो।

सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वपति कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ।

उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ।

मृतक दीपाका पूर्वपति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको