Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

डडेल्धुराको अमरगढीस्थित बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

admin

dadeldhura ko amaragadhima bhaeko agalagi

डडेल्धुरा, पुस- २३ ।

डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ को बागबजारमा गएराति भिषण आगलागी भएको छ ।

बागबजारस्थित बगरकोटमा गएराति भएको आगलागीमा ९ वटा पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

केहि समयअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । उक्त स्थानमा लगातार आगलागी हुन थालेपछि स्थानीय भने त्रसित हुन थालेका छन् ।

गएराति भएको आगलागी भने अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले आगलागीको घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जनाए । उनका बारेमा विस्तृत छानबिन भइरहेको प्रहरीले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको