Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

डडेल्धुराको अमरगढीस्थित बागबजारमा आगलागी, ९ वटा पसल जलेर नष्ट

admin

dadeldhura ko amaragadhima bhaeko agalagi

डडेल्धुरा, पुस- २३ ।

डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ को बागबजारमा गएराति भिषण आगलागी भएको छ ।

बागबजारस्थित बगरकोटमा गएराति भएको आगलागीमा ९ वटा पसल जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

केहि समयअघि पनि बागबजारमा पटकपटक आगलागी भएको थियो । उक्त स्थानमा लगातार आगलागी हुन थालेपछि स्थानीय भने त्रसित हुन थालेका छन् ।

गएराति भएको आगलागी भने अमरगढी नगरपालिकाको दमक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले आगलागीको घटनामा संलग्न रहेको भन्दै एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

पक्राउ परेका व्यक्तिले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जनाए । उनका बारेमा विस्तृत छानबिन भइरहेको प्रहरीले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको