Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

मलाई नियोजित ढंगले आक्रमण गरियो: गृहमन्त्री लेखक

Reporter

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको प्रस्ट पार्दै आफूमाथि लगाइएका आरोपहरूलाई ‘राजनीतिक स्वार्थप्रेरित षड्यन्त्र’ को संज्ञा दिएका छन्। बुधबार संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले भिजिट भिसा प्रकरणमा आफूमाथि गरिएका टिप्पणीहरू र प्रचारप्रसार असत्य र बेठीक भएको जिकिर गरे।

‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छ भन्ने कुरा पूर्णतः असत्य र बेठिक हो,’ उनले भने, ‘मलाई नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ। यो राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ।’

लेखकले आफूलाई सहसचिव तीर्थराज भट्टराईसँग जोडेर गलत सन्देश प्रवाह गर्न खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए। उनका अनुसार आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सधैं सार्वजनिक रहेकाले आफूलाई सार्वजनिकरूपमै हेरिएको छ र त्यसैले यो नियोजित आक्रमण अझै गम्भीर भएको हो।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने कुनै पनि अनुसन्धानलाई खुला मनले स्वागत गर्ने बताए। ‘आयोगको अनुसन्धान स्वतन्त्र होस्, कतैबाट पनि प्रभाव नपरोस् भन्ने मेरो चाहना छ,’ उनले स्पष्ट पारे।

यो प्रकरणमा संसद्मा बोल्न नपाएपछि लेखकले पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। आज बसेको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको