संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ ।
पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।
काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ ।
पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ ।
लोकप्रिय समाचार