Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

दरबारमार्गका यी ठाउँमा निषेधित क्षेत्र घोषणा

Reporter

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित आदेशअनुसार मिति २०८२/०२/१७ देखि २०८२/०३/२४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई आन्दोलन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको छ।

निषेधित क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण गेटसम्मका क्षेत्रहरू समावेश छन्। यो आदेश जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस र मिति २०८२/०१/२४ को सूचनाका आधारमा जारी गरिएको हो।

जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न यो कदम चालिएको जनाएको छ। आदेश उल्लङ्घन गरेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको