Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

थाइल्यान्डकी ओपाल सुचातालाई मिस वर्ल्ड २०२५को ताज

Reporter

मिस वर्ल्डको ७२औँ संस्करणको नतिजा सार्वजनिक भएको छ । यो वर्ष थाइल्यान्डकी ओपाल सुचाता चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी छन् ।

७१औँ मिस वर्ल्ड क्रिस्टिना पेजिस्कोवाले ओपालको शिरमा ताज राखेर उनलाई सम्मानित गरेकी थिइन् । यस प्रतियोगितामा इथियोपियाकी हैसेट डेरेज दोस्रो र मार्टिनिककी अरेली योहाचिम तेस्रो स्थानमा परेकी थिइन् ।

मे ७ देखि सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबारको दिन नयाँ मिस वर्ल्डको घोषणासाथ समाप्त भएको हो । समापन समारोह (मिस वर्ल्ड ग्रान्ड फिनाले) भारतको तेलंगाना राज्यको हैदराबादस्थित हाइटेक्समा आयोजना गरिएको थियो ।

मिस वर्ल्ड विजेता सुचाताले दुई दिनअघि आफ्नो इन्स्टाग्राम सोसल मिडिया ह्यान्डलमा लेखेकी थिइन्, “यो केवल थाइल्यान्डको प्रतिनिधित्व गर्ने मात्र होइन, यो धेरै महिलाहरूको प्रतिनिधि आवाज पनि हो, जसलाई सुनिएन । आफ्नो आवाज प्रयोग गरेर केही सार्थकताका निम्ति खडा भएको छु ।”

उनले आफ्नो यात्राको बारेमा लेख्दै भनिन्, “मिस वर्ल्ड केवल प्रतियोगिता मात्र होइन, यो एक मञ्च र प्रतिबद्धता पनि हो । यो देखिने सुन्दरताको बारेमा मात्र होइन, बरु वास्तविक काम गर्नेबारे हो ।”

“यस यात्राले मलाई सिकायो कि सुन्दरता फिक्का हुन सक्छ, तर उद्देश्य सधैँ बाँचिरहन्छ ।”

मिस वर्ल्ड संगठनले १९५१ मा ‘ब्युटी विद अ परपज’को नारासाथ यो प्रतियोगिता सुरु गरेको थियो ।

यसपटक मिस नेपाल सृच्छा प्रधानसहित १०८ देशका युवतीहरूले मिस वर्ल्ड प्रतियोगितामा भाग लिएका थिए, तर सृच्छा फाइनलसम्म पुग्न सकिनन् ।

फाइनलमा पुग्ने चार प्रतियोगीहरू मार्टिनिककी अरेली योहाचिम, इथियोपियाकी हैसेट डेरेज, पोल्यान्डकी माया क्लाज्डा र थाइल्यान्डकी ओपाल सुचाता थिए ।

मिस वर्ल्डको वेबसाइट अनुसार, समापन समारोहमा बलिउडका प्रसिद्ध कलाकार सोनु सुदलाई मिस वर्ल्ड ह्युमेनिटेरियन अवार्डले सम्मानित गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको