करिव दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हास्य कलाकार घनश्याम गौतम अब हामीमाझ रहेनन् ।
‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको समयमा उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्विरसहितको पोष्टमा भनिएको छ- ‘अब हामी माझ रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट विदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य श्रृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरुमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
लोकप्रिय समाचार

