Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

भारतमा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु

Reporter

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार महाराष्ट्रमा दुई जना तथा केरला, तमिल नाडु र वेष्ट बंगालमा एक/एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाराष्ट्रका ७० र ७३ वर्षीया महिला, केरलाका ८० वर्षीय पुरुष, तमिल नाडुका ६९ वर्षीया महिला र वेष्ट बंगालका ४३ वर्षीया महिला छन् । मृत्यु हुनेहरूमा कुनै न कुनै दीर्घ रोग रहेको बताइएको छ ।

यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ६५ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ५१२ जना निको भएर घर फर्किएका छन् । हाल भारतमा जनवरीयता कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २६ छन् भने त्यसमध्ये दुई हजार ७०० जना निको भएका छन् ।

भारतमा कोरोना संक्रमित र मृतकको सङ्ख्या बढ्दै गएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको