
मोडलिङ क्षेत्रमा भविष्य खोज्ने युवा युवतीमा लक्षित सौन्दर्य प्रतियोगिता नेक्स्ट टप्स सुपर मोडल नेपाल २०१७ को अडिसन हुने भएकोछ । मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस् प्रतियोगिताको दोश्रो अडिसन यहि आउदो असार ३१ गते द ग्रीन क्याफे तिनकुनेमा हुने आयोजक संस्थाले बताएको छ ।
महिला तथा पुरुष प्रतियोगीहरुको प्रतिस्पर्धा गराई व्यावसायिक मोडल उत्पादन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मोडलिङको व्यावसायिक दायरा फराकिले पार्ने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंहराजपुत बताउछन ।
रंगीन दुनियाँको चाहाना गर्ने युवायुवतीहरुले सङस नेपाल प्रालिको कार्यालय तथा आर्टिस्ट नेपालबाट फर्मलिएर सहभागिता जनाउन सक्नेछन । प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका प्रतियोगीहरु हुनुपर्नेछ । प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, फ्री फोटोसुट, मिडिया अन्तरबार्ता लगायतका अबसर प्राप्त गर्नेछन ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । नेपालका ख्यातिप्राप्त कोरियोग्राफर ट्रेनर बाटप्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्वविका सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।