Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्गलाई गायन सम्मान

Reporter

काठमाडौं – लोकप्रिय गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्गलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा गायन सम्मान २०८२ बाट सम्मानित गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा साधारण सभामा अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो ।

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका एवं संगीतकार तृप्तिलाई उक्त सम्मान प्रदान गरिएको हो। तृप्तिले वैशले मातिए, ए निष्ठुरी सुन, हे ईश्वर, लुकी छिपी जस्ता लोकप्रिय गीतमार्फत श्रोतामाझ छुट्टै स्थान बनाएकी छिन्।

भाव, शैली र आवाजको अद्वितीय संयोजन उनका गीतको विशेषता हो। उनले पछिल्ला वर्षहरूमा लोक तथा आधुनिक शैलीमा दमदार उपस्थिति जनाउँदै आएकी छिन्। सम्मान प्राप्ति पछि गायिका तृप्तिले आफ्नो भावना व्यक्त गर्दै भनिन्, “यो मेरो लागि अत्यन्त गौरवको क्षण हो।”

“नेपाली संगीत क्षेत्रको यात्रा निरन्तर साधनशीलता, समर्पण र सिर्जनात्मकताको परिणाम हो भन्ने मान्यताका साथ अघि बढ्दै गर्दा, यस सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।” उनले आफ्नो सांगीतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्ने कार्यक्रम व्यवस्थापन सङ्घ नेपाल र सम्पूर्ण आयोजक टिमप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरिन्।  साथै, उनले यो सम्मान सम्पूर्ण संगीतप्रेमी, स्रोता र सहकर्मीहरूलाई समर्पण गरेकी छिन्।

राष्टिय नाचघरको भव्य हलमा आयोजित सो कार्यक्रममा सहभागी हुन देशभरका ईभेन्ट डाईरेक्टर तथा भारतका ईभेन्ट आयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम लव बहादुरको सभापतित्व तथा राज लुईटेलको कार्यक्रम संयोजकत्वमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको