Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

वरिष्ठ गीतकार हरि उप्रेतीलाई “गीतकार सम्मान”

Reporter

काठमाडौं – वरिष्ठ गीतकार हरि उप्रेतीलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा वरिष्ठ गीतकार सम्मान बाट सम्मानित गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता , अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

हाल अमेरिकामा रहेका गीतकार उप्रेती समारोहमा उपस्थित हुन नसकेका कारण मोडल एवं संगीतकर्मी विजय गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट गीतका उप्रेतीको तर्फबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो ।
लामो समयदेखि प्रवासमा रहेर गीत संगीतको विकास र प्रवद्र्धनमा योगदान दिए वापत गीतकार उप्रेतीलाई सो सम्मान प्रदान गरिएको आयोजक संस्था कार्यक्रम व्यवस्थापन संघले जनाएको छ ।

लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गीतकार उप्रेतीलाई उक्त सम्मान प्रदान गरिएको हो। गीतकार उप्रेतीले लुकी छिपी, लाग्छ आचकल, पिरहरुले ,दुख्छ मुटु तिमीलाई जस्ता लोकप्रिय गीतमार्फत श्रोतामाझ छुट्टै स्थान बनाएकी छिन्। साहित्यकार समेत रहेका उनका थुप्रै गजल तथा कविताका पुस्तक प्रकाशन गरिसकेका छन । उनका केहि पुस्तक प्रकाशनको तयारीमा रहेको छ । उप्रेती अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष समेत हुन ।

“नेपाली संगीत क्षेत्रको यात्रा निरन्तर साधनशीलता, समर्पण र सिर्जनात्मकताको परिणाम हो भन्ने मान्यताका साथ अघि बढ्दै गर्दा, यस सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।” उनले आफ्नो सांगीतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्ने कार्यक्रम व्यवस्थापन सङ्घ नेपाल र सम्पूर्ण आयोजक टिमप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरे ।

साथै, उनले यो सम्मान सम्पूर्ण संगीतप्रेमी, स्रोता र सहकर्मीहरूलाई समर्पण गरेका छन ।

राष्टिय नाचघरको भव्य हलमा आयोजित सो कार्यक्रममा सहभागी हुन देशभरका ईभेन्ट डाईरेक्टर तथा भारतका ईभेन्ट आयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रम लव बहादुरको सभापतित्व तथा राज लुईटेलको कार्यक्रम संयोजकत्वमा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको