काठमाडौं । मोडल तथा संगीतकर्मी विजय गुरुङ्गलाई एक कार्यक्रमका वीच सम्मानित गरिएको छ ।
कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा मोडल विजय गुरुङ्गलाई ‘मोडल सम्मान’ बाट सम्मानित गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता ,अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु सन्तोष चालिसे र अव्दुल खानको हातबाट मोडल गुरुङ्गलाई सो विशेष सम्मान प्रदान गरिएको थियो ।
लामो समयदेखि गीत संगीत, मनोरन्जन तथा मोडलिङ्ग सहित अभिनयको विकास र प्रवद्र्धनमा योगदान दिए वापत मोडल एवं संगीतकर्मी गुरुङ्गलाई सो सम्मान प्रदान गरिएको आयोजक संस्था कार्यक्रम व्यवस्थापन संघले जनाएको छ ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय मोडल गुरुङ्ग सारेगम स्टुडियोका संचालक समेत हुन । थुप्रै म्यूजिक भिडियो निर्देशन समेत गरेका गुरुङ्ग कुशल संगीतकार पनि हुन ।
“नेपाली संगीत क्षेत्रको यात्रा निरन्तर साधनशीलता, समर्पण र सिर्जनात्मकताको परिणाम हो भन्ने मान्यताका साथ अघि बढ्दै गर्दा, यस सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।” उनले आफ्नो सांगीतिक योगदानको मूल्याङ्कन गर्दै सम्मान प्रदान गर्ने कार्यक्रम व्यवस्थापन सङ्घ नेपाल र सम्पूर्ण आयोजक टिमप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरे ।
राष्ट्रिय नाचघरको भव्य हलमा आयोजित सो कार्यक्रममा सहभागी हुन देशभरका ईभेन्ट डाईरेक्टर तथा भारतका ईभेन्ट आयोजकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रम लव बहादुरको सभापतित्व तथा राज लुईटेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।

