काठमाडौं । कार्यक्रम ब्यबस्थापन संघ नेपालको पाँचौं साधारणसभा एवं बिसेश सम्मान समारोहको अवसरमा मोडल/कलाकार प्रज्वल राज भट्ट“ कला सम्मान-२०८२”बाट सम्मानित भएकाछन।
राष्ट्रीयसभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता एवं ब्यबस्थापिका संसदको अर्थ समितिका सभापति माननिय सन्तोष चालिसे बाणिज्य तथा आपुर्ति समिति सभापति माननिय अब्दुल खान माईती नेपालकि संस्थापक एवं अध्यक्ष अनुराधा कोईराला लगायतका बिशिष्ठ ब्यक्तीत्वहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लव बहादुर कार्कीको सभापतित्व एवं राजेन्द्र लुईंटेलको संयोजनमा सम्पन्न भएकोथियो।
थुप्रै र्याम्प स्टेज शो हुँदै कलाकारिता क्षेत्रमा प्रबेश गरेका प्रज्वलले दिल आफ्नै थियो” खुशी तिमीलाई”औधि मन पराएँ” मुटु रेटियो” चोखो मायामा लगायत १ दर्जनभन्दाबढि गीतहरुमा कुशल अभिनय गरिसकेकाछन भने केहि गीतहरु बजारमा आउनेक्रममा रहेका छन।

