Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

राजेन्द्र लुईटेल भारतको प्रतिष्ठित संस्था ‘युनीभर्सल बुक अफ वल्र्ड रेकर्ड’बाट सम्मानित

Reporter

काठमाडौं ।  नेपालका संचारकर्मी एवं विश्व किर्तिमानी म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)लाई भारतको प्रतिष्ठित संस्था युनीभर्सल बुक अफ वल्र्ड रेकर्डबाट सम्मानित गरिएको छ । नेपालमा भएको एक भव्य समारोहमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय नारायण प्रसाद दाहाल, अर्थ समितिका सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समिति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान, संस्थाकी प्रमुख एवं द अब्रेल्स टाईम्सकी चिफ ईडिटर डा.शिखा नरुला, भारतका वरिष्ठ पत्रकार मनिष सिंहको हातबाट लुईटेललाई सो प्रमाण पत्रका साथ सम्मान प्रदान गरिएको थियो ।

केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न ‘जिनियस म्यूजिक अवार्ड ‘ तथा थाईलैण्डमा सम्पन्न ‘हिमालयन ईन्टरनेशनल अवार्ड’ तथा नवौं नेशनल क्यापिटल अवार्डमा समेत उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका लुईटेल पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन ।   सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुक मा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका थिए ।

झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप दादासाहेव फाल्के अवार्ड वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका थिए ।

छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका र प्याजेन्ट नेपालका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा.एपिजे अव्दुल कलाम सेवा सम्मान, ईन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट पटक पटक सम्मानित भईसकेका छन ।

फेयर एक्सप्रेस पत्रिकाका प्रबन्ध निर्देशक रहेका उनी नेपालमा सफल कार्यक्रम व्यबस्थापकको रुपमा परिचित छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको