Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

ओली सुरुदेखि नै मेरो राजनीतिक करिअर समाप्त पार्न खोज्दै आएका छन् : माधव नेपाल

Reporter

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएपछि सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।

रौतहटका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेपालले ओलीले सुरुदेखि नै आफ्नो राजनीतिक यात्रा समाप्त पार्न षड्यन्त्र गर्दै आएको दाबी गरे।

“उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको हो। मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो,” नेपालले भने, “पहिले पनि पटक–पटक कोसिस गर्नुभएको हो। उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।”

भारतको पतञ्जलि योगपीठले जडीबुटी खेती तथा आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा काभ्रेमा ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति पाएको थियो। उक्त निर्णय २०६६ माघ १८ गते माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्‌ बैठकबाट पारित भएको थियो।

पतञ्जलिले केही समयमै जग्गा पुनः बिक्रीको प्रक्रिया अघि बढाएको देखिएपछि अख्तियारले अनियमितता भएको आशंकामा अनुसन्धान थाल्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको