Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

आज चार संसदीय समितिका बैठक बस्दै

Reporter

शुक्रबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन्। आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन्।

यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ। बिहान साढे ८ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ।

बैठकमा मिति २०८२-४-२ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरु सहभागि रहने सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिनेछ।

यसैगरी बिहान साढे ८ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफलल गरिने कार्यसूची रहेको छ।

सार्वजनिक लेखा समितिको ४३ औं बैठक बिहान साढे १० बजे बस्ने भएको छ। बैठकमा २३औं वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गरिने कार्यसूची रहेको छ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७३ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको