Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री

Reporter

गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन्।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन्।

‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेका बाबुको ठेगाना नभएको अथवा वेपत्ता भएको, अथवा सहयोग नगरेको मानिसलाई किन मन्त्रालयले दिने ? सबै नागरिकता जिल्लाले दिने आमाको नाममा नागरिकता चाहीं मन्त्रालयले दिने भन्ने हुन्न्। यसलाई जिल्लामा पठाउनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’ उनले भने।

उनले आमाको नामबाट सहजरुपमा नागरिकता दिन नियमावली नै संशोधन गरी अगाडि बढ्ने बताए। ‘त्यसका लागि नियमावली नै संशोधन गर्ने कुरामा अगाडि बढेका छौ। नियम नै संशोधन गरेपनि काठमाडौंको मन्त्रालयमा भएका फाइलहरु सबै जिल्लामा पठाउने हो,’ उनले भने।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र बहादुर शाहीले एनआरएनए नागरिकहरुको नागरिकताले मताधिकार नहुने भन्दै त्यसको औचित्य नभएको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको