Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

अखिल (क्रान्तिकारी) ले गर्‍यो कार्यविभाजन, उपत्यका विशेष मा निरोज श्रेष्ठलाई

Reporter

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्यविभाजन गरेको छ। २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ।

बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ।

बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ।

संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको रूपमा लिएको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको