Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

आमाको सम्झनामा डा.भीमार्जुन आचार्यको ‘सम्झिरहे रातैभरि…’ (भिडियो)

Reporter

काठमाडौं ।  संविधानविद् डा.भीमार्जुन आचार्य (अर्जुन मिलन)ले आमाको सम्झनामा ‘सम्झिरहे रातैभरि….’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेका छन् । जेठ २५ गते आमाको स्मृतिमा आफ्नै शब्द, संगीत र स्वर रहेको ‘सम्झिरहेँ रातैभरि..’ बोलको गीति भिडियो  सार्वजनिक गरेका हुन ।डा.आचार्यले आफ्नै युट्युब च्यानल भिमार्जुन आचार्यबाट उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन ।

आमाको महत्व र मायामा समर्पित आचार्यको गीतमा आमाको अभावमा सन्तानले भोग्ने पीडाका भाव समेटिएको छ । आमाको शक्ति, सन्तानका लागि प्रेरणा, आशा र भरोसाका साथै आमाको साथमा हुँदाका सुखद् क्षण तथा आमाको अभावमा सन्तानको शारीरिक तथा मानसिक छटपटीलाई गीतमा समेटिएको छ ।

 

अर्थपूर्ण शब्द, मेलोडियस संगीत र हृदयको फिल र इमोसनबाट एउटा जीवन्त गीतको जन्म हुन्छ र त्यस्तो गीत नै आफैमा गीत हुन्छ भन्ने मत राख्ने आचार्यका ‘मौनताको सहर’, ‘सजिलो हुदैन जीवन’, ‘एउटा जीवन’ र ‘अतीत’ गरी चारओटा गीति एल्बम यसअघि सार्वजनिक भइसकेका छन ।

सबैले देशबाट, हिमालका कुरा गर्यौ, हासो कता भाग्यो कुन्नी, ढिंडो भए हुन्छ मलाई, मौनताको सहरमा, कसरी भनू तिमीलाई, फेरि आज यो मनमा, जित्नेलाई मिठो जीवन, मानिसको जिन्दगी यो, एउटा जीवन हॅु म, एकान्तमा आँसु बन्दै, आफैसँग बिरानो म, जीवन हो लामो बाटो लगायतका उनका गीत चर्चामा रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको