Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मेक्सिको र अमेरीकाको सीमानामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः डोनाल्ड ट्रम्प

admin

donald trump

काठमाडौं, पुस– २३ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् ।

मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोहोर्‍याए ।

डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् ।

सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ ।

उनले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताए ।

तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले अब सरकारी काम सुचारु गर्ने या नगर्ने भन्नेमा डेमोक्र्याटहरुमै भरपर्ने बताए ।

डेमोक्र्याटहरुसँग केही दिन प्रतिक्षा गर्ने र त्यसपछि आवश्यक परे आपतकाल लागू गर्ने उनको भनाइ छ ।

अमेरिकी कानुनमा राष्ट्रिय आपतकालको अवस्था आएमा राष्ट्रपतिले सैन्य परियोजनाको काम सिधै गर्न सक्ने व्यवस्था छ ।

तर यसका लागि चाहिने बजेट रक्षा मन्त्रालयबाट आउने गर्दछ । जसलाई संसद्ले स्वीकृति गर्नुपर्ने हुन्छ ।

अमेरिकी काम ठप्प भएको विषयमा पुनः डेमोक्र्याट र रिपक्लिकनका नेताबीच वार्ता हुँदै छ ।
(एजेन्सी)/(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको