Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

भारतमा बढे कोरोना संक्रमित, ९ दिनमा ५८ को मृत्यु 

Reporter

भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ ।

भारतमा ९ दिनमा मात्रै ५८ जनाको मृत्यु भएको छ भने बितेका २ हप्तमा २३ गुणा बढीले संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको कुल संख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांक अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बंगाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।

पछिल्लो ४८ घण्टाको कुरा गर्ने हो भने देशमा कोभिडका ७ सय ६९ बिरामी बढेका छन् । यी सबै केसहरू एकदम हल्का हुन्छन् र बिरामी घरको हेरचाहमा निको हुन सक्छन्। स्वास्थ्य मन्त्रालयका अनुसार अरुणाचल प्रदेश र मिजोरममा मात्र कोविडको सक्रिय केस छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको