
तेह्रथुमको फेदाप गाउँपालिका–२ का ४५ बर्षिया महाप्रसाद दुलाल आन्द्रा बटारिने रोगबाट ग्रसित छन ।
उपचारका लागि खर्च अभावमा उनी यतिबेला छटपटाईरहेका छन । सो रोग समयमै शल्यक्रिया नगरे ज्यान गुमाउनु पर्ने चिकित्सकहरु बताउँछन ।
उनलाई रोग ६ महिना अघि पनि देखिएको थियो।
गाउँघरबाट चन्दा, ऋण र छरछिमेकको सहयोगमा जुटाइएको रकमले बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी केही समयका लागि सामान्य भए पनि रोग फेरि बल्झिएको छ।
अहिले आन्द्राको अर्को भागमा समस्या देखिएको र तत्काल पुनः शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताएका छन्।
महाप्रसादका ८० वर्षीय बुवा लेखप्रसाद दुलाल आफैं घुँडाको समस्याले थला परेका छन्। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि महाप्रसादमाथि १४, ११, ८, र ३ वर्षका छोरा–छोरीहरू तथा ८० वर्षीय बुबाको जिम्मेवारी परेको छ।
परिवार चलाउनु, सन्तानको हेरचाह गर्नु, वृद्ध बुबाको सेवा गर्नु र गम्भीर रोगसँग लड्नु — यी सबै एकसाथ धान्न सक्ने क्षमता अहिले नरहेको महाप्रसाद बताउँछन्। उनले सहयोगी दाताहरु सँग सहयोगका लागि अपिल समेत गरेका छन ।
खातावालाः HARI PRASAD DULAL
बैंकः EVEREST BANK LTD.
शाखाः ITAHARI
खाता नम्बरः 00800501205573
#HelpPost