Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

तेह्रथुमका महाप्रसाद दुलाल उपचार अभावमा छटपटाउँदै ,सहयोगका लागि सवैसंग आग्रह

Reporter

तेह्रथुमको फेदाप गाउँपालिका–२ का ४५ बर्षिया महाप्रसाद दुलाल आन्द्रा बटारिने रोगबाट ग्रसित छन ।
उपचारका लागि खर्च अभावमा उनी यतिबेला छटपटाईरहेका छन । सो रोग समयमै शल्यक्रिया नगरे ज्यान गुमाउनु पर्ने चिकित्सकहरु बताउँछन ।
उनलाई रोग ६ महिना अघि पनि देखिएको थियो।
गाउँघरबाट चन्दा, ऋण र छरछिमेकको सहयोगमा जुटाइएको रकमले बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी केही समयका लागि सामान्य भए पनि रोग फेरि बल्झिएको छ।

अहिले आन्द्राको अर्को भागमा समस्या देखिएको र तत्काल पुनः शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताएका छन्।
महाप्रसादका ८० वर्षीय बुवा लेखप्रसाद दुलाल आफैं घुँडाको समस्याले थला परेका छन्। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि महाप्रसादमाथि १४, ११, ८, र ३ वर्षका छोरा–छोरीहरू तथा ८० वर्षीय बुबाको जिम्मेवारी परेको छ।

परिवार चलाउनु, सन्तानको हेरचाह गर्नु, वृद्ध बुबाको सेवा गर्नु र गम्भीर रोगसँग लड्नु — यी सबै एकसाथ धान्न सक्ने क्षमता अहिले नरहेको महाप्रसाद बताउँछन्। उनले सहयोगी दाताहरु सँग सहयोगका लागि अपिल समेत गरेका छन ।
खातावालाः HARI PRASAD DULAL
बैंकः EVEREST BANK LTD.
शाखाः ITAHARI
खाता नम्बरः 00800501205573

#HelpPost


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको