Logo
13 Jun 2025    ३१ जेष्ठ २०८२, शुक्रबार

ताजा खबर

दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान एकैदिन चार हजार २ सय रूपैयाँले बढ्यो सुन सौर्य बत्ती खरिदमा २ करोडभन्दा बढी भ्रष्टाचार इजरायलले कडा सजाय पाउनेछ : नेता खामेनी म किन बदलिने ? पत्रकार पक्राउ पुर्जीबारे काउन्सिलको ध्यानाकर्षण

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

Reporter

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको पनि प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको