Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना

Reporter

donald trump

अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि कायम नै रहेको छ। यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि सङ्घीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको छ। प्रदर्शन रोक्न थप सात सय समुद्री सेना तैनाथ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने नीति सही रहेको जिकिर गरेका छन्। यता राष्ट्रिय सुरक्षा गार्ड प्रदर्शन रोक्न प्रयोग भएको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका छन्। सोमबार क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा र न्युसमले ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको